हावाहुरी प्रभावितलाई १ करोड सहयोग गर्ने प्रदेश ३ सरकारको घोषणा

113

चैत १९,
काठमाडौँ -प्रदेश ३ सरकारले बारा, पर्सा लगायतका हावाहुरी प्रभावितहरुलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले एक करोड सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
यस्तै मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ । यसअघि सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको टोलीले हावाहुरी प्रभावित बारा र पर्सा जिल्लाका विभिन्न स्थानको स्थलगत निरीक्षण समेत गरेको थियो ।