यसरी मनाइयो जातिय उन्मुलन दिबस अछाममा

392

लाल बहादुर विक
चैत्र ९,
अछाम । ५२ औ अन्र्तराष्ट्रिय जातिय उन्मुलन दिवस अछाममा पनि धुमधामका साथ मनाईएको छ । दिवसका अवसरमा जिल्ला सदरमुकाम मंगलसेनमा नारा जुलुस सहित बजार परिक्रमा मनाईएको हो । कार्यक्रम उत्पीडित उत्थान तथा चेतना विकाश मञ्च अछामका अध्यक्ष भिम जनालाको अध्यक्षतामा भएको थियो । सुदुरपश्चिमको हिसाबमा अछाममा जतिय छुवाछुत कम रहेको र यसलाई अझै कम गर्न आफु र आफ्नो संस्था सधैँ प्रतिबद्घ रहेको र यस्ता समस्याहरु अन्त्यका लागि निमार्ण नै गरिएको र यो प्रथाको अन्त्यका लागि लागिरहने पनि उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथी अछाम जिल्लाका स्थानिय विकास अधिकारी तोय नारायण सुबेदीले नेपाल विभिन्न जातजाती समुदायको बसोबास भएको देश भएकोे र समाजमा जरो गाडेका कुप्रथाहरु जातिय छुवाछुत, छाउपडी कुप्रथा लगाएतका कुप्रथाहरुको आधारमा विभाजन गरि कसैलाई होच्याउने काम गरिएको पाईएमा नेपाल सरकारले नै कारबाहीको लागि कडा कानुनी व्यवस्था गारेको बताए । यस्ता कुप्रथाहरु अन्त्यका लागि सबैले एक भएर लाग्नु पर्ने बताउदै सुवेदीले संसारमा दुईओटा मात्र जात महिला र पुरुष मात्र भएकोले यस्ता कुप्रथाहरुलार्ई छिटो भन्दा छिटो अन्त्य गर्नु पर्नेमा जोड दिए का थिए ।
सुदुरपश्चिममा दशँैको बेला राँगाहरु काटीसके पछि देवि खुसि हुन्छन् भनि उक्त नाच देखाउने गरेको मंगलसेन नगरपलिका वडा नम्बर ३ विराल्तोलिका रामबहाुर नेपालिले बताए । यो नाच सँगै गईजाओ माईत भन्दै गित पनि गाईने गरिन्छ । यो गीत पहिले राजाहरुले गाँउमा आएर आफ्ना जनताहरुलाई दुःख दिने गरेको र राजाहरु आएर गाँउका मानिसहरु संग भएको सम्पत्ति लुटेर लग्ने गरेकोले जनताहरुले आफ्नो घर जानुहोस् हाम्रो सम्पति केहि नलग्नुहोस् भनि गाईने गरेको पनि उनले बताए ।
कार्यक्रममा अछाम जिल्लाका दलित समुदायका दाजुभाई तथा दिदिबहिनीहरु, जिल्ला स्थीत राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिती रहेको थियो । जातिय उत्पिडित उत्थान तथा चेतना विकास मञ्चका उपाध्यक्ष लक्ष्मी सोबको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन डण्डी विकले गरेका थिए ।
यसै सन्दर्भमा अछाम जिल्लाका सहायक जिल्ला अधिकारी तुल बहादुर काउचा बताउनुहुन्छ, “पछिल्लो समय दलित अधिकारका लागि दलित समुदाय आफै लड्न सक्ने अवस्थामा पुगिसकेकाले दलित समुदायलाई कसैले हेप्न नसक्ने बताए” । काउचाले “नेपालको संविधान २०७२ ले कुनै पनि जातजातीले कुनैपनि जात जातीका आधारमा भेदभाब गरेमा कडा कानुनी सजायको ब्यबस्था गरेको र अहिले सम्म अछाम जिल्लामा जातिय उत्पिडन विरुद्घ कुनै पनि मुद्घा नआएकोले अछाममा सबै जातजाती मिलेर बसेको पनि बताए ।

दिवसको अबसरमा जातिय विभेद विरुद्घ सबैले लाग्न जरुरी रहेको पनि कार्यक्रमका सहभागिहरुले बताएका थिए । कार्यक्रममा सबैभन्दा बढि महिलाहरुको उल्लेखनिए उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न किसिमका झाँकिहरु पनि प्रस्तुत गरिएको थियो । विभिन्न किसिमका झाँकिहरु प्रदर्शन गर्ने सबैले जातिय विभेद अन्त्य गरि देशलाई समृद्घ विकासको बाटोमा लैजानु पर्नेमा जोड दिएका थिए । सुुदुर पश्चिमको संन्दर्भमा हेर्दा अछाममा जातिय छुवाछुत कम भएको देखिए पनि आन्तरिक हिसाबमा अझँै कम हुन नसकेकोले यसलाई अन्त्य गर्न जातिय छुवाछुत विरुद्घका अभियानहरुलाई सबैले तिब्रता दिनु पर्ने पनि अधिकांरले बताएका थिए ।
दिवसको अवसर दलित महिलाहरुले जातिय छुवाछुत कम गर्नु पर्छ भन्ने सन्देश दिदै डेउडा गित पनि प्रस्तुत गरेका थिए । पछिल्लो समय लोप हुने अवस्था रहेको देउडा गितको जगेर्ना गर्न दलित समुदाय अझै पनि लागि परेको पनि प्रष्ट भएको देखिन्छ । सुदुरपश्चिममा मात्र गाईने डेउडा गित संरक्षणको अभाबमा अझै कम हुदैँ गएको देखिन्छ । पहिलेपहिले कुनै रमाईलो गर्दा सबै मिलेर गाईने डेउडा गितहरुलाई अझै पनि संरक्षण गरेर अगाडी बढाउनु पर्ने सोहि कार्यक्रममा डेउडा गाउँदै सबैले बताएका थिए ।