Sunday, October 11, 2026
Home अन्तर्राष्ट्रिय जव चालकले अत्तालिएर भने, ‘पिच अप, पिच अप!’

जव चालकले अत्तालिएर भने, ‘पिच अप, पिच अप!’

72

बीबीसी, चैत १७,
काठमाडौँ- तीन साताअघि दुर्घटनामा परेको इथियोपियन एअरलाइन्सको विमानमा अन्तिम समयमा के भएको थियो भन्ने विवरणहरू प्राप्त हुन थालेका छन्।
विमानको एन्टिस्टलिङ प्रणालीमा भएको समस्या कारण सो दुर्घटना भएको बताइन्छ। सो दुर्घटनामा नेपालकी एकता अधिकारीसहित १५७ जनाको मृत्यु भएको थियो। इथियोपियाको आदिस अबाबाबाट नाइरोबी उड्नेबित्तिकै जमिनबाट १३७ मिटर माथि पुग्दा नै बोइङ ७३७ म्याक्स ८ मोडलको सो विमानको चुच्चो तल निस्किएको थियो।

वाल स्ट्रीट जर्नलका अनुसार एक विमानचालकले रेडियो सम्पर्क विच्छेद हुनुअघि ‘पिच अप, पिच अप!’ अरूलाई भनेको सुनिएको थियो।