एसईई परीक्षा स्थगित भएपछि विद्यार्थीले गरे विद्यालय तोडफोड र नाराबाजी

123

चैत १५,
वीरगञ्ज– एसईई परीक्षाको शुक्रबार हुने सामाजिक विषयको परीक्षा प्रदेश २ मा स्थगित भएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालले शुक्रबार हुने परीक्षा स्थगित गरेको थियो।

हिजो र आज गरी लगातार दुई दिनको एसईई परीक्षा रद्द भएपछि आक्रोशित जनकपुरधामका परीक्षार्थीहरु संघीय र प्रदेश सरकार विरुद्ध चर्को नाराबाजीमा उत्रेका छन् । बिहिबार विज्ञान र शुक्रवार सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा रद्द गर्ने निर्णय गरेपछि आक्रोशित परीक्षार्थीहरु विभिन्न नारा लगाउँदै संघीय र प्रदेश सरकार विरुद्ध उत्रिएका हुन् ।

सरकारले आफूहरूको भविष्यमा खेलबाड गर्न खोजेको भन्दै विद्यार्थीहरूले प्रदेश २ को जनकपुर, वीरगञ्ज, सप्तरी, धनुषालगायत जिल्लामा प्रदर्शन गरिरहेका छन्। परीक्षा स्थगित भएपछि वीरगञ्जका विद्यार्थीहरूले सडकमा उत्रिएर बजार क्षेत्रका सडक बत्ति होडिङ बोर्ड, सडकका रेलिङ तोडफोड गर्दै सडकमा ल्याएर जलाएका छन्। उनीहरूले सडकमा टायरसमेत बालेर प्रदर्शन गरेपछि प्रहरीले दुई राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। विद्यार्थीहरूले विहान ७ बजेबाट प्रदर्शन गरिरहेका छन्।

प्रश्नपत्र परीक्षा नियन्त्रण कार्यालयले नै ल्याउने भएकाले प्रहरी र सरकारी निकायमाथि विद्यार्थीले प्रश्न उठाएका छन्। उनीहरूले प्रश्नपत्र ‘लिक’ गर्ने परीक्षा नियन्त्रण कार्यालय भएकाले किन आफूहरूको प्रश्न रोकियो भन्दै प्रश्न गरिरहेका छन्।