सलिनमान स्टारर ‘यात्रा’को ट्रेलर सार्वजनिक, यस्तो बन्योन हेर्नुहोस्

218

चैत ११
काठमाडौँ -फिल्म ‘यात्राः अ म्युजिकल भल्ग’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुस् स्

फिल्ममा सलिनमान बँनिया, सलोन बस्नेतका साथै जान्वी बस्नेत, मल्लिका महत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , विशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बोबीको पनि अभिनय रहेको छ । सम्राट शाक्यको डेब्यु निर्देशन बनेको फिल्म हो ।

निर्देशक शाक्य कै कथा लेखन रहेको छ भने सुशील पोखरेलको निर्माण रहेको छ। सञ्जय लामाले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका छन् । फिल्ममा सुगम पोखरेल, मेलिना राई, प्रेक्षा बज्राचार्य, सुरेश लामा, उपकार पाण्डे, धर्मेन्द्र सेवानको गायन, सम्भुजित बास्कोटा, प्रतिक पौडेल, भारतिय संगीतकार कोबिद बज्रको संगीत, हिमाल केसीको द्वन्द्व, प्रविन सिंहको कोरियोग्राफी रहेको छ । फिल्म चैत २९ गते देखि रिलिज हुँदैछ ।