प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहानको समाचार आधारहीन भन्दै विज्ञप्ति जारी

859

चैत ७,
काठमाडौं -नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको समाचार आधारहीन भएको जनाएको छ । पार्टीका मध्य केन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रहरी आफैले एकतर्फी गोली चलाएर संगठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबाहदुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको उल्लेख छ ।

विज्ञप्तिमा आफ्नो आन्दोलन पुँजीवादीसँग भएको भन्दै अहिले प्रहरी तथा सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ । बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेको छ ।