Tuesday, September 22, 2026
Home राजनीति पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश

पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश

138

चैत ५,
काठमाडौँ नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छन् । डीआईजीबाट अवकाश पाएको पाँच वर्षपछि उनी राजनीतिमा लागेकी हुन् । प्रहरी सेवामा रहँदा चर्चाको शिखरमा रहेकी उनी अवकाशपछि गुमनाम जस्तै थिइन् । सार्वजनिक सभा समारोहमा समेत नदेखिने उनी अब राजनीति मार्फत् चर्चामा आउँछन् कि आउँदैनन् त्यो हेर्न बाँकी छ ।

थापालाई डीआईजी रहँदा भावी आईजीपीको रुपमा समेत हेरिएको थियो । यद्यपि, उनी आईजीपी भएको अवस्थामा पनि थोरै समय मात्रै आईजीपी बन्थिन् । त्यसबेला आईजीपी बन्न उनले चर्को लविङ पनि नगरेकी होइनन् । तत्कालीन आईजीपी कुवेरसिंह रानाको उत्तराधिकारीका रुपमा हेरिएका उनलाई उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले पछि पारेका थिए ।