Tuesday, September 22, 2026
Home राजनीति नयाँ मन्त्री थपिए

नयाँ मन्त्री थपिए

45

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। गत वैशाख १५ मा नेपाली कांग्रेस संसदीय दल नेता पाण्डे मुख्यमन्त्री बने पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।

यसअघि कांग्रेसबाट सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडा मात्रै मन्त्री बनेका थिए। शुक्रबार मुख्यमन्त्री पाण्डेले थप मन्त्री बनाएका हुन्। कांग्रेसबाट महेन्द्रध्वज जिसी कृषि मन्त्री, दीपेन्द्र थापा उद्योग मन्त्री र जितप्रकाश आले आर्थिक मामिला मन्त्री भएका छन्। माओवादीबाट रेशमबहादुर जुग्जाली भौतिक मन्त्री भएका छन्।

गण्डकीमा नेकपा एकीकृत समाजवादीलाई पनि एक मन्त्री दिने चर्चा थियो। राजिव गुरूङ दीपक मनाङे मन्त्री हुने चर्चा भए पनि मुख्यमन्त्रीले उनलाई मन्त्री बनाएनन्। नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथग्रहणसमेत गराइसकेका छन्।