ओलीसँग वामदेवको सम्बन्धविच्छेद !

90

नयाँ पत्रिका/शुरोजङ्ग पाण्डे
फागुन २३, काठमाडौं । लामो समयदेखि अध्यक्ष केपी ओलीलाई साथ दिँदै आएका नेता वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पछिल्लो स्थायी समितिको तेस्रो बैठक ९२९ मंसिर–१२ पुस० सँगै उनीसँग ‘सम्बन्धविच्छेद’ गरेका छन् । तत्कालीन एमालेको सातौँ महाधिवेशनयता ‘निर्णायक घडी’मा गौतमले ओलीलाई नै साथ दिँदै आएका थिए । गौतमले यसपटक भने बैठकमा ओली सरकार र पार्टी नेतृत्व दुवै मोर्चामा असफल भइसकेको निष्कर्षसहित फरक विचार पेस गरे । तीन महिनायता उनले ओलीलाई धोकेबाज पनि भने । ओलीसँग आफ्नो मोहभंग भइसकेको बताउँदै आएका गौतमले अन्ततः फरक मतमार्फत राजनीतिक लाइनमा ‘सम्बन्धविच्छेद’कै घोषणा गरेको चर्चा चलेको हो । गौतम स्वयंले सार्वजनिक र औपचारिक रूपमा यसबारे केही नबताए पनि पार्टी बैठकमा बाहेक अहिले ओलीसँग उनको संवाद टुटिसकेको छ ।

पछिल्लोपटक उनले ‘एक व्यक्ति स् एक पद’को विचार अघि सारे । दुई अध्यक्षमध्ये एकले सरकार सञ्चालन गरे, अर्कोले पार्टी चलाउनुपर्ने उनको मत छ । गौतमले ओलीलाई दुईतिहाइको दम्भ हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर देखाउन र उनीसँगको माया–प्रीति जुग–जुगसम्म कायम राख्न पनि चुनौती दिए ।गौतमनिकट केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले भने गौतमले फरक मतभन्दा पनि पार्टी र सरकार सञ्चालनका कमजोरी सुधारका लागि विचार राखेकाले टिप्पणी गरे । श्रेष्ठले दुई नेताबीचको सम्बन्धबारे अहिल्यै थप प्रतिक्रिया दिनु हतारो हुने बताए । ‘अहिल्यै प्रतिक्रिया दिइहाल्न हतारो हुन्छ, उहाँ९गौतम०को विचारलाई सिंगो पार्टीले रचनात्मक रूपमा लिनुपर्छ, उहाँहरू९ओली–गौतम०बीचको सम्झौतासम्बन्धी आन्तरिक मामिला के हो रु मैले बुझेको छैन, त्यसकारण धोका हो कि होइन, थाहा हुने कुरा पनि भएन,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने ।