नेपाल समाचारपत्र/सुनील महर्जन,
फागुन २३, ललितपुर । तामापित्तल व्यवसाय भने हिजोआज संकटमा पर्दे गएको छ । मल्लकालदेखि निकै फस्टाएको यो व्यवसाय बदलिदो समयसंगै संकटमा पर्दे गएको हो । यस व्यवसायलाई नेवार समुदायका ताम्रकारहरुको पुख्यौली पेशाका रुपमा लिईन्छ । हाल ललितपुरको टंगल क्षेत्रमा यो पेशा व्यवसाय गर्दे आईरहेका ३ सय परिवार रहेका छन् । टंगलसंगै हौगल, इखालुखका केही सिमित ताम्रकारहरुले जेनतेन यो पेशालाई बचाउ“दै आईरहेका छन् ।तामा पित्तलको भा“डा बनाउने र व्यापार गर्ने कार्य समेत गरेर यसबाट करिब ५ हजार भन्दा बढी मानिसले रोजगारी पाईरहेको छ ।
बदलिएको समयसंगै आन्तरिक र बाहय समस्याले गर्दा पेशा संकटमा पर्दै गएको पाइएको छ ।पुस्तौदेखि काम गर्दे आएका व्यवसायीहरु आफनो बाबु, बाजे र आफनो पुख्यौली पेशालाई बचाईरहनुपर्छ भने हिसाबले मात्र व्यवसाय टिकिरहेको छ । ‘तर पेशामा झन् झन् समस्यामा पर्दे गएपछि यो भावनाले मात्र कति दिनसम्म टिक्न सकिने हो, त्यसै भन्न सकिन्न ।’ व्यवसायी शम्भुगोविन्द ताम्रकारले भने । पढाइपछि जागिरको आकर्षक, नया“ प्रविधिलाई अंगीकार गर्न नसक्नु, बजारको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता कारणहरुले गर्दा ताम्रकारहरुले आफ्नो पुख्र्यौली पेशा परिवर्तन गर्न बाध्य भएका छन् ।संस्कृतिमा आएको फेरबदलसंगै तामा पित्तल जन्य सामग्रीहरुको कम प्रयोग हुनु र प्लास्टिक, स्टिल तथा आल्मुनियमका भा“डावर्तनहरुको अत्यधिक प्रयोगका कारण तामा पित्तल व्यवसाय संकट पर्दे गएको व्यवसायीहरु बताउ“छन् ।यो पेशामा संकटमा पर्नुको अरु धेरै कारणहरु छन् ।