पूर्व-पश्चिम रेलवे र हाइवेलाई दिल्लीसँग जोड्न पहल गर्छु .. प्रधानमन्त्री

131

चैत २२,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व(पश्चिम रेलवे र हाइवेलाई भारतको राजधानी दिल्लीसँग जोड्न पहल गर्ने बताएका छन्। भारतसँग जोडिएका प्रदेश ७ का सीमानामा बारम्बार देखिने समस्या समाधान गर्न माग गर्दै प्रधानमन्त्रीलाई भेट्न पुगेको प्रदेश ७ को प्रतिनिधि मण्डललाई प्रधानमन्त्रीले समस्या समाधानका अलवा आफूले पूर्व(पश्चिम रेलवे र हाइवेलाई भारतको राजधानीसँग जोड्न पहल गर्ने बताएका हुन्। सुदूरपश्चिमको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेर सीमा समस्याबारे कुरा गर्न आग्रह गरेको थियो। माओवादी नेता एवं प्रतिनिधिसभा सदस्य लेखराज भट्टको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको प्रतिनिधि मण्डलले प्रदेश ७ सँग जोडिएका सीमानामा बारम्बार उत्पन्न हुने द्वीपक्षिय समस्याहरूको बारेमा भारतसँग छलफल गर्न माग गरेको थियो। प्रधानमात्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि मण्डलले दोधारा चाँदनीमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाहको कामलाई तत्काल तीव्रताका साथ अगाडि बढाउन र नेपाल(भारतबीच बग्ने महाकाली नदीमा दार्चुलादेखि कञ्चनपुरसम्मका विभिन्न ठाउँमा रहेका तुइन विस्थापित गरेर पुल हाल्न पहल गर्न माग गरेका थिए। उनीहरूले दार्चुला र धारचुला जोड्ने पुल, झुलाघाट, पर्शुराम र सारदा ब्यारेजमा पक्की पुल निर्माणका लागि पनि पहल गर्न आग्रह गरेका थिए। त्यस्तै, कञ्चनपुरको टनकपुरदेखि महेन्द्रनगरसम्मको भारततिरको बाटोको काम पूरा गर्न पनि भारत सरकारलाई काम गर्न आग्रह गर्नुपर्ने माग गरेका थिए। मण्डलले भारतको केन्द्र सरकारलाई पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। कञ्चनुपरको ब्रह्मदेवदेखि महेन्द्रनगरसम्म नेपालले आफ्नो काम पूरा गरेको तर भारतीय पक्षले काम पूरा नगरेका कारण स्थानीयले समस्या भोग्दै आएका छन्। प्रतिनिधि मण्डलका माग सुनेपछि प्रधानमन्त्री ओलीले कतिपय कुरा राजदूतावासको तहबाट पहल गर्दा काम पूरा हुने र बाँकी विषयमा भारतको केन्द्रीय सरकारसँग कुरा गर्ने बताएका थिए। ओलीको भनाइ उदृत गर्दै प्रदेश ७ को प्रतिनिधि मण्डलमा सहभागी गोकर्ण भट्टले भने, मुख्यगरी बन्दरगाह र कनेक्टीभिटीका पक्षमा दिल्लीलाई जोड्ने सवाल र बम्बइको पोर्टलाई दोधारा चाँदनीको ड्राइ पोर्टसँऊ जोड्ने कुरा बताए। प्रधानमन्त्रीले पूर्व पश्चिम रेलवे र पूर्वपश्चिम हाइवेलाई दिल्लीसँग जोड्ने कुराबारे भारतसँग कुरा गर्ने बताए ।