Friday, October 2, 2026
Home अर्थ भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने काम अन्तिम चरणमा

भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने काम अन्तिम चरणमा

89

फागुन १७,
काठमाडौँ निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९ सय मिटर मात्र सुरुङ खन्न बाँकी छ । आयोजनाको कुल १२ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ११ दशमलव १०० मिटर खन्ने काम सकिएको आयोजना निर्देशक सञ्जिव बरालले जानकारी दिए ।

एक महिनाभित्र सुरुङको काम सकिने अपेक्षा गरिएको छ । ढिलोमा चैतभित्र आयोजनाको सुरुङ खन्ने काम सम्पन्न हुने पनि आँकलन गरिएको छ । निर्धारित समयभन्दा एक वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने दाबी आयोजना पक्षले गरेको छ ।

सन् २०२० को मार्चमा सुरुङको काम सक्ने गरी कार्यतालिका तयार पारे पनि ठेकेदार चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड ९कोवेक० ले तीव्र गतिमा काम गरिरहेको यो सम्भव भएको हो ।

सुरुङ खन्न विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन ९टीबीएम० ले गरिरहेको छ । टीबीएम प्रविधि प्रयोग भएको यो नेपालको पहिलो सुरुङ आयोजना हो ।

सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने आयोजनाको लक्ष्य छ ।

भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पु¥याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।

आयोजना कार्यालयले आयोजनाको बाँध र विद्युत गृहको काम अघि बढाउन लागेको छ । सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत् उत्पादन गर्न विद्युत् गृह र सिँचाइका केही संरचना बनाउनका लागि काम अघि बढाएको हो ।

सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको सुपरिवेक्षणको काम अघि बढाउन कार्यालयले ग्लोबल टेन्डरबाट परामर्शदाता छनोट गरेको छ । परामर्शदाता छनोटका लागि कार्यालयले आशयपत्र ९ईओआई० मागेको छ ।

परामर्शदाता नियुक्त गरेपछि आयोजनाको सिभिल संरचना बनाउन ग्लोबल टेन्डर आह्वान हुनेछ ।

बाँध, विद्युत् गृह र सिँचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । परामर्शदाता नियुक्तिपछि चार महिनाभित्र तीनवटा प्याकेजको काम अघि बोलपत्र आह्वान गरिने तयारी परियोजनाको छ ।

सुरुङको काम सकिन लागे पनि सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण, विद्युत् गृहलगायत सिँचाइका लागि थप संरचना निर्माण आवश्यक भएकाले प्रक्रिया अघि बढाएको हो ।

आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न हुने अपेक्षा गरिएको छ । सिँचाइअन्तर्गत ५१ हजार हेक्टरमध्ये ३६ हजार हेक्टरका लागि बबई सिँचाइबाट र थप १५ हजार हेक्टरका लागि नयाँ संरचना बनाउनुपर्नेछ । Rajdhani national daily