भेरी–बबई डाइभर्सनको सुरुङ खन्ने काम अन्तिम चरणमा

69

फागुन १७,
काठमाडौँ निर्माणाधीन भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९ सय मिटर मात्र सुरुङ खन्न बाँकी छ । आयोजनाको कुल १२ किलोमिटर लामो सुरुङमध्ये हालसम्म ११ दशमलव १०० मिटर खन्ने काम सकिएको आयोजना निर्देशक सञ्जिव बरालले जानकारी दिए ।

एक महिनाभित्र सुरुङको काम सकिने अपेक्षा गरिएको छ । ढिलोमा चैतभित्र आयोजनाको सुरुङ खन्ने काम सम्पन्न हुने पनि आँकलन गरिएको छ । निर्धारित समयभन्दा एक वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम सकिने दाबी आयोजना पक्षले गरेको छ ।

सन् २०२० को मार्चमा सुरुङको काम सक्ने गरी कार्यतालिका तयार पारे पनि ठेकेदार चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड ९कोवेक० ले तीव्र गतिमा काम गरिरहेको यो सम्भव भएको हो ।

सुरुङ खन्न विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन ९टीबीएम० ले गरिरहेको छ । टीबीएम प्रविधि प्रयोग भएको यो नेपालको पहिलो सुरुङ आयोजना हो ।

सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिने आयोजनाको लक्ष्य छ ।

भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनसँगै बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पु¥याइने लक्ष्यका साथ सुरुङ निर्माण भइरहेको छ ।

आयोजना कार्यालयले आयोजनाको बाँध र विद्युत गृहको काम अघि बढाउन लागेको छ । सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध, विद्युत् उत्पादन गर्न विद्युत् गृह र सिँचाइका केही संरचना बनाउनका लागि काम अघि बढाएको हो ।

सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको सुपरिवेक्षणको काम अघि बढाउन कार्यालयले ग्लोबल टेन्डरबाट परामर्शदाता छनोट गरेको छ । परामर्शदाता छनोटका लागि कार्यालयले आशयपत्र ९ईओआई० मागेको छ ।

परामर्शदाता नियुक्त गरेपछि आयोजनाको सिभिल संरचना बनाउन ग्लोबल टेन्डर आह्वान हुनेछ ।

बाँध, विद्युत् गृह र सिँचाइका थप संरचना बनाउन थप १६ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । परामर्शदाता नियुक्तिपछि चार महिनाभित्र तीनवटा प्याकेजको काम अघि बोलपत्र आह्वान गरिने तयारी परियोजनाको छ ।

सुरुङको काम सकिन लागे पनि सुर्खेतको चिप्लेस्थित भेरी नदीमा बाँध निर्माण, विद्युत् गृहलगायत सिँचाइका लागि थप संरचना निर्माण आवश्यक भएकाले प्रक्रिया अघि बढाएको हो ।

आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष २०७९÷८० मा सम्पन्न हुने अपेक्षा गरिएको छ । सिँचाइअन्तर्गत ५१ हजार हेक्टरमध्ये ३६ हजार हेक्टरका लागि बबई सिँचाइबाट र थप १५ हजार हेक्टरका लागि नयाँ संरचना बनाउनुपर्नेछ । Rajdhani national daily