Thursday, October 29, 2026
Home मनोरन्जन “बाहुबली स्टार” प्रभासको नयाँ सिनेमा ‘साहो’को नयाँ टिजर रिलिज (हेर्नुहोस् )

“बाहुबली स्टार” प्रभासको नयाँ सिनेमा ‘साहो’को नयाँ टिजर रिलिज (हेर्नुहोस् )

150

एजेन्सी
मुम्बई, फागुन १५ -‘बाहुबली’बाट लोभलाग्दो सफलता हात पारेका प्रभासको नयाँ एक्सन सिनेमा ुसाहोुले मंगलबार नयाँ टिजर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको ६० सेकेण्ड लामो टिजरमा सिनेमा एक्सनले भरिएको देखाएको छ। टिजरमा प्रभाससँगै अभिनेत्री श्रद्धा कपुर पनि देखिएकी छन्।
सार्वजनिक टिजरमा मार्च ३ मा सिनेमाको नयाँ ुलुकु सार्वजनिक गरिने घोषणा गरिएको छ। करिव ३०० करोड भारूमा निर्माण भएको सिनेमालाई हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको छ। सिनेमाको एक एक्सन दृश्यका लागि मात्रै करिब ९० करोड भारू खर्चिएको समाचार बाहिरिएको छ। सिनेमाले ‘बाहुबली’ले जस्तै ब्ल्कबस्टर व्यापार गर्ने अनुमान गरिएको छ। सिनेमामा प्रभास तथा श्रद्धाका अलावा निल नितिन मुकेश, अरूण बिजय तथा एभलिन श्रमाको महत्वपूर्ण भूमिका रहनेछ। सिनेमा अगस्ट १५ मा रिलिज हुनेछ।

(टिजर हेर्नुहोस् )