भूगोल, जात र धर्मले नछेकेको प्रेम

113

फागुन १४,
बागलुङ -भनिन्छ सच्चा प्रेम गर्नेहरुलाई कुनै जात, वर्ग, धर्म र भुगोलको सिमाले छेक्कन सक्दैन । यही युक्तिलाई सार्थक बनाएका छन्, बागलुङ नगरपालिका–१२ एक युवा र पाकिस्तानी एक युवतीले ।

सामाजिक सञ्जाल फेसबुक मार्फत साथीको रुपमा सम्बन्धमा बनाएका नेपाली युवा सुदिन आचार्य र पाकिस्तानी युवती आम्ना सफिक अन्तत् वैवाहिक जीवनमा बाँधिएका छन् । पोखराको इन्फोमेटिक्स ‘आइटी इञ्जिनीयरिङ’ कलेजमा अध्ययनरत मुस्लिम युवती सफिक र आचार्य ‘मिच्युल’ साथीको सहयोगले आपसमा जोडिएका थिए ।

स्न २०१५ देखि यूरोपमा रहेका सुदिन फेबवुक मार्फत बनेको ‘प्रेम सम्बन्ध’लाई विवाहमा परिणत गर्न गत पुषमा नेपाल फर्केका थिए । ब्राम्हण समुदायका युवा आचार्य र मुस्लिम समुदायकी युवती सफिकको परिवारबीच आपसी समझदारी र सल्लाह अनुसार जिल्ला अदालत बागलुङमा गत आइतबार ‘कोट म्यारिज’ गरेको आचार्यका बुवा टिकाराम आचार्यले जानकारी दिए ।

सन् २०१६ मा पर्यटन भिसामा नेपाल छिरेकी सफिक नेपालको पर्यटकीय तथा सामाजिक वातावरणले लोभिएपछि विद्यार्थी भिसामा रुपान्तरण भई अध्ययनलाई जोडेकी थिईन । पाकिस्तानको रावलपिण्डी मलालहल मोहन स्थायी ठेगाना रहेकी सफिकले घरपरिवारको सल्लाह र सहमति अनुरुप नै नेपालमा विवाह गरेको बताइन् ।
‘विवाहको गर्न पाकिस्तानबाट बुवारआमाले सहमति दिनुभयो– ‘सफिकले भनिन, ‘दुवै परिवार सहमत भएपछि कुनै समस्या रहेन ।’ सफिक राम्रोसँग नेपाली बोल्न र लेख्न सक्ने भएकी छन् । उनले पोखरास्थित स्यालुट गोर्खामा समेत काम गर्दै आएकी छन् ।

‘प्रेमलाई कुनै जातभात र धर्मले छेकथुन गर्नु हुन्न’ केटा पक्षका अभिभावक टिकाराम आचार्यले भने, ‘छोराको खुःसी र रोजाइलाई कसरी नर्कान सक्छौँ ।’ समाजमा रहेको वेथितीलाई चिर्न समेत आफुले छोराका निर्णयमा सहमत भएको उनको भनाई छ । आचार्यले पनि पुन मगरसँग विवाह गरेका थिए ।

अदालती विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालतमा उपस्थित थिए । केटीका तर्फ भने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र विवाह सहमति पत्र तथा केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आएका थिए ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम विवाह दर्ता गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले जानकारी दिए । ‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पु-याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, ‘फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।’ Rajdhani national daily