स्वास्थ्य बिमा कर्णालीका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात : सांसद महत

150

फागुन १४,
काठमाडौं– स्वास्थ्य बिमा कार्यक्रम कर्णाली प्रदेशका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् सरह रहेको सांसद गजेन्द्र महतले बताएका छन्। उनले स्वास्थ्य बिमाका सम्बन्धमा पेश गरिएको जरुरी प्रस्तावको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्। कर्णालीले हालसम्म पनि बिमाको लाभ लिन नसकेको बताउँदै उनले भने, ‘कर्णालीमा स्वास्थ्य बिमा लागू भएको छैन। त्यहाँ यो कार्यक्रम आउन्जेल कि फेल हुन्छ कि अर्कै रुप लिइसक्छ।’ उनले कर्णालीका मान्छे काठमाडौंमा उपचार गराउन आउनुपर्ने बाध्यता रहेको उल्लेख गरे। उपचारका लागि घरखेत बेच्नुपर्छ। उनले उपचार समेत अस्पतालले दोस्रो दर्जाको व्यवहार गरेको बताए। उनले केही दिनअघि घटना सुनाउँदै भने, ‘हाम्रो एकजना काका उपचारका लागि वीर अस्पताल जानुभएछ। उहाँलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरियो। त्यसपछि सुमेरु अस्पताल पुगेर उपचार गराउँदै हुनुहुन्छ।’आफ्नै सरकार हुँदा पनि कर्णालीका जनताले राहत महसुस गरेको दुखेसो उनले पोखे।