२५ जनाभन्दा बढी मलामी नआउन अनुरोध

508

चैत ७,
काठमाडौं । सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो । कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार यसको लागि घाटामा सूचना दिइसकिएको छ । उनले सामूहिक भजनर्कीतन पनि रोकिएको बताए । ‘सरकारको निर्देशनअनुसार नै मालामी आईदिनुस् भनेर अनुरोध गरेका छौं,’ उनले भने,’अपेक्षा छ कि सबैले यसको पालना गरिदिनुहुनेछ ।’