प्रचण्ड आज राति स्वेदश फर्कदै, प्रधानमन्त्री ओली विदेश जादैं

362

काठमाडौँ । पारिवारिक भ्रमणका लागि दुबई गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राति स्वदेश फर्किदैछन् । गत मंगलबार सपरिवार युएईको दुबई गएका प्रचण्ड आज राती १२ स् १० बजे फर्किन लागेको उनको सचिवालयले जनाएको छ । पारिवारिक भ्रमणका लागि यूएई गएका उनी भ्रमण पूरा गरी फर्किन लागेका हुन् । प्रचण्ड फर्किन लागेको उनका स्वकीय सचिव विष्णु सापकोटाले जानकारी दिए । पत्नी सीताको उपचारका लागि प्रचण्ड विदेश गएका थिए । अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी रेणु र गंगा दाहालसहित युएई प्रस्थान गरेका थिए । ५ दिनसम्म युएई भ्रमणका क्रममा त्यहाँ रहेका केही नेपालीसँग सामान्य भेटघाट भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

आज राती नै प्रधानमन्त्री केपि शर्मा ओली स्वास्थ्य जाँचका लागि सिंगापुर जाने छन् ।