Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय फ्रान्समा फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु

फ्रान्समा फ्लुका कारण दुई हजार ८०० जनाको मृत्यु

103

फागुन १०,
फ्रान्स फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिकमा ७५ बर्षमाथिका वृद्धहरू भएको फ्लु र यसबाट परेका समस्याबारे तयार साप्ताहिक प्रतिवेदनमा बिहीबार उल्लेख गरिएको छ ।

रिपोर्ट अनुसार फेब्रुअरी ११ देखि १७ सम्मको एक हप्तामा मात्रै करिब ११ हजार फ्रान्सेली नागरिकमा फ्लुको प्रभाव देखिएको र उपचार तथा सल्लाहका लागि अस्पताल पुगेका थिए भने उनीहरूमध्ये दुई हजार १३७ जनाले अस्पतालमा भर्ना भै उपचार सेवा लिइराखेका छन् । भर्ना भएकामा पनि अधिकांश ७५ बर्षमाथि वा १५ बर्षमुनिका विरामी रहेका रिपोर्टमा छ । यद्यपि विरामीको सङ्ख्या तथा विरामी भै अस्पतालमा उपचार लिइरहेका मानिसको सङ्ख्या दुबै अघिल्लो हप्ताको तुलनामा कम भएको पनि जनाइएको छ । फ्रान्समा अघिल्लो हप्ता सम्भवत सबैभन्दा धेरै मानिसमा फ्लु अर्थात् ‘एचथ्रीएनटु’ को सङ्क्रमण देखिएको थियो ।-रासस