अस्पतालमा तोडफोड, ३ बिरामीको मृत्यु

86

मंसिर २६,
काठमाडौं । एक जना डाक्टरले वकिल साथीलाई आक्रमण गरेको बदलामा वकिलहरुले बुधबार अस्पतालमा तोडफोड गरेका हुन् । यो घटना पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा भएको हो । उनीहरुले लाहोरको पञ्जाब इन्सटिच्युट अफ कार्डियोलोजीभित्र छिरेर तोडफोड गर्दा उपचार नपाएर केही बिरामीको मृत्यु भएको छ । बुधबार ठूलो संख्यामा आएका वकिलहरुले अस्पतालमा तोडफोड गर्नुका साथै केही सवारी साधनमा आगजनी गरेका थिए ।

पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्य मन्त्री यास्मिन राशिदलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेअनुसार तीन जना बिरामीको उपचार अभावमा मृत्यु भएको हो । यो घटनामा संलग्न भएको भन्दै प्रहरीले ४० जना वकिललाई नियन्त्रणमा लिएको छ ।