यसरी भए संसारका मानिस बेकुपः हत्या गरिएका भनिएका पत्रकार जिउँदै

251

जेठ १७,
काठमाडौं । युक्रेनमा हत्या भएको भनिएका एक जना रुसी पत्रकार नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्बेन्को नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका हुन् । युक्रेनी सुरक्षा अधिकारीसहित उपस्थित उनले आफ्नो हत्या अयोजनालाई असफल बनाउन यो नाटक रचिएको बताएका छन् । एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन् । उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन् । युक्रेनको सुरक्षा एजेन्सीले बाब्चेन्कोको हत्या गर्ने रुसी योजनालाई असफल पार्न हत्याको नाटक रचिएको जनाएको छ ।

युक्रेनका सुरक्षा प्रमुख मासिल रित्साकले यो योजना दुई महिना अघिदेखि बनेको बताएका छन् । ट्वीटरमार्फत् उनले युक्रेनी भूमिका रुसी आतंकवादी क्रियाकलापको प्रमाण संकलन गर्न यो अपेरेसन सञ्चालन गरिएको बताए । युक्रेनी समाचार समिति युक्रिनफर्मले मंगलबार ४१ वर्षीय बाब्चेन्कोलाई गोली हानी छाडिएको अवस्थामा फेला पारिएको र अस्पताल लैजाँदै गर्दा एम्बुलेन्समा मृत्यु भएको जनाएको थियो । त्यसपछि प्रहरीले शंकास्पद हत्याराको स्केचसमेत सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा बाब्चेन्कोले श्रीमती र शुभेच्छुकसँग माफी मागेका थिए ।