सामूहिक राजीनामा दिने सरकारी चिकित्सकको चेतावनी

103

नयाँ पत्रिका
फागुन ६, काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले तत्काल विधेयक सच्याउन माग गरेको छ । सरकारी चिकित्सक संघ ९गोदान०ले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरूको विरोधका बाबजुद प्रक्रिया अगाडि बढाइए सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ । गोदानले एक साताका लागि आन्दोलनका कार्यक्रम तय गरेको छ । सरकारी चिकित्सक संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले तत्काल विभेदकारी समायोजन नसच्याए चिकित्सकहरूले सामूहिक राजीनामा दिने बताए । कर्मचारी समायोजन ऐनलाई मिचेर सहसचिवस्तरका ११औँ तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेको भन्दै सरकारी चिकित्सक आन्दोलित भएका हुन् ।

आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने
संघले शुक्रबारदेखि देशैभर आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएको छ । अस्पतालहरूमा स्वास्थ्य उपचार भने बुधबारदेखि प्रभावित हुने चिकित्सकहरूको भनाइ छ । बुधबार देशभरका सरकारी चिकित्सक सामूहिक बिदामा बस्ने पाण्डेले जानकारी दिए । सरकारले चिकित्सकसितको सम्झौता कार्यान्वयन गर्न‘को साटो उल्टै दबाउन खोजेकाले थप आन्दोलन गर्न‘परेको उनको भनाइ छ । ‘सरकारले पटक–पटक मौखिक र लिखित वाचा ग(यो, तर हाम्रो आवाजलाई बन्द गर्ने रणनीति मात्र रहेछ,’ पाण्डेले भने, ‘सरकार सम्झौता कार्यान्वयन गर्नेतर्फ नलागेपछि हामीले थप आन्दोलनका घोषणा गरेका हौँ ।’ चिकित्सकहरूले संघ प्रदेश सबैतिर सरुवा हुने व्यवस्था मिलाउन पनि माग गरेका छन् ।