फाल्गुन ५,
काठमाडौँ— महेन्द्रनगर युनाइटेडले सीवाइसी अत्तरियालाई ७ विकेटले पराजित गरी रुस्लान डीपीएल क्रिकेटमा पहिलो विजय हात पारेको छ र महेन्द्रनगरको कुल ४ अंक पुगेको छ ।
अत्तरियाले टस जितेर मैदान भिजेका कारण ६र६ ओभरमा घटाइएको खेलमा ५ विकेट गुमाई ५४ रन बनाएकोमा महेन्द्रनगर युनाइटेडले २ बल अगाडि लक्ष्य पुरा गरेको हो ।
महेन्द्रनगरको तर्फबाट आनन्द सुब्रमनियन १७, कप्तान शरद भेषावकर ५ र मोहम्मद नाभेद ६ रनमा आउट भए । आरिफ शेख १५ र कुशल मल्ल ६ रनमा अविजित रहे ।
बलिङतर्फ अत्तरियाका भुवन कार्कीले २ तथा दीपेन्द्र रावत १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाका विदेशी खेलाडी सन्नी पटेलले ११ बलमा १९, जयकसिन कोल्सावालाले ६ बलमा ७, कप्तान दीपेन्द्रसिंह ऐरीले ७ बलमा १० रन बनाए।
महेन्द्रनगरका अविनाश बोहरा र सागर ढकालले २र२ विकेट लिए। कप्तान शरद भेषावकरले १ विकेट लिए।
फाप्ला मैदान गत बिहीबार अपरान्हदेखि परेको पानीले भिजेको थियो। जसले गर्दा शनिबारका दुवै खेल रद्द भएको थियो। शनिबार काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सबीच तथा धनगढी स्टार्स र महेन्द्रनगरबीचको खेल रद्द भएको थियो।
खेल रद्द भएसँगै यी चारै टोलीलाई १र१ अंक दिइएको थियो। खेल नभएर अंक बाँड्दा दुई पटकको च्याम्पियन धनगढी प्रतियोगिताको लिग चरणबाटै बाहिरिएयो।