लुकाएर राखेको १८ किलो सुन बरामद

480

माघ २
काठमाडौं -कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ ।

 

 

प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले बताएका छन् ।