डीपीएल : अत्तरियाको लगातार दोस्रो जित

90

फाल्गुन २,
धनगढी — सीवाइसी अत्तरियाले रूस्लान धनगढी प्रमियर लिग (डीपीएलं)-३ को बिहीबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको लगातार दोस्रो जितपछिको हार हो ।

टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाइ १२१ रन मात्रै बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो ।

रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । प्रदीप ऐरी १४, सन्दीप सुनार १५, विनोद भण्डारी १०, विक्रम सोब १४ रन बनाउँदै आउट भए ।

रुपन्देहीका विदेशी खेलाडीद्वय बाबर हायत र पुनित मेहरा शुन्यमा आउट भए ।

भीम सार्की, बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान १ रनमा आउट भए ।

बलिङतर्फ अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दीपन्द्रसिंह ऐरी र देवेन्द्र रावतले २र२ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट लिए ।

यसअघि अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले यस प्रतियोगिताको व्यक्तिगत उच्च स्कोर बनाउने क्रममा ६७ रन जोडे ।

५० बल खेलेका उनले १० चौका र १ छक्का प्रहार गरे । उनले ऋत गौतमसाग तेस्रो विकेटमा ५७ रनको साझेदारी गरे । ऋत सहित सुबेन्दु पाण्डे र सन्नी पटेल समान १२ रनमा आउट भए ।

रुपन्देहीका ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बिक्रम सोबले २ तथा कप्तान बसन्त रेग्मी र पुनित मेहराले १र१ विकेट लिए ।

सीवाइसी अत्तरियाले प्रेम तामाङको स्थानमा ऋत गौतमलाई खेलाएकोथियो । रुपन्देहीले पहिलो २ खेल जितेको खेलाडीलाई नै निरन्तरता दिएकोथियो ।