माघ २९,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्नुपर्ने बताए । आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३ –२० कार्यान्वयन गरियोस् भन्ने सार्वजनिक महत्वको प्रस्ताव’मा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद बस्नेतले आउँदै गरेको सवारी तथा यातायातको व्यवस्था ऐनमा कडा भन्दा कडा कारवाहीको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिए ।
सांसद बस्नेतले सवारी दुर्घटनामा करिव ९० प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेको जानकारी गराए ।
उनले पछिल्लो पाँच वर्षमा प्राकृतिक विपत्ती, भुकम्प, मुलुकमा भएको द्वन्द्व, सवारी दुर्घटना सवैसँग तुलना गर्दै सडक दुर्घटना निकै दुःख तथा डरलाग्दो भएको बताउँदै सडक दुर्घटनाको सवैभन्दा बढी सिकार मोटरसाईकल र स्कुटर चढ्ने १८ देखि ३६ वर्षसम्मका युवाहरु हुने गरेको बताए । पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले २६ हजार ६२ को तुलना गर्दै भण्डै २४ हजार चार सय ९५ दुर्घटना चालकको लापरवाहीकै कारण भएको तथ्याङ्क रहेको बताए ।