भोली गुण्डुमा हुने भनिएको एकीकृत घुम्ति शिविर अब फागुन ३ गते

156

माघ २४,
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले माघ २५ गते शुक्रवार सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू स्थित वडा कार्यालयमामा एकीकृत घुम्ति शिविरको समय परिवर्तन भएको छ । मौसममा आएको खराबीका कारणले भोली शुक्रबार हुने शिविरको मिति परिवर्तन भएको नगरपालिकाले जानकारी दिएको छ । घुम्ति शिबिरमा बृहत्त निःशुल्क स्वास्थ्य शिबिर, स्वास्थ्यका विशेषज्ञ सेवाहरु, निःशुल्क औषधी वितरण, जिल्ला प्रशासन कार्यालयबाट नगरिकता, राहदानी, नाबालक परिचय पत्र, आदीवासी जनजाति प्रमाणपत्रको वितरण लगायतका सेवा वितरण गरिने तयारी छ ।