परपुरुषसँग मायामोहः ४ वर्षे छोराको हत्या

64

सरिता चलाउने,
माघ २४, सल्यान । सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो ।परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

उनले परपुरुष सँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको र ती यूवकसँग बिहे गर्ने योजना रहेको ले वच्चाको हत्या गरेको स्विकार गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । ‘श्रीमान र श्रीमती दुवैले अर्को विहे गरेपछि बच्चाले दुख पाउँछ भनेर घटना घटाएको भन्ने बयान एलिशाले प्रहरी समक्ष वताएकोे उनले बताए ।

बालकले वान्ता गर्न थालेपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा एलिशाले वच्चालाई पुरयाएकी थिईन । त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो । बालकको दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका पाहुनाहरुबाट प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो । ‘बास बसेका पाहुनाहरुले कोठामा सुत्ने क्रममा विषादीको गन्ध र धुलो देखेपछि शंका लागेर प्रहरीलाई खबर गरे, अनि हामी पुगेका हौं’ डीएसपी शाहीले बताए । प्रहरीले आमा एलिशालाई पुुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरविदा सकेर काममा फर्किएका थिए । प्रहरीसँगको बयानका क्रममा एलिशाले श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने चेतावनी दिएको आरोप लगाएकी छन् । -newsofnepal