शक्तिशाली प्रहरी अधिकृत, निरीह संगठन

187

नयाँ पत्रिका दैनिक/नवराज मैनाली
माघ २३, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल गत बुधबार प्रहरी प्रधान कार्यालयमा कड्किए । बढुवाका लागि प्रहरी अधिकारी ‘शक्ति केन्द्र’ धाएकोमा उनी रुष्ट थिए । त्यस्ता अधिकृत बढुवामा छुट्न सक्ने चेतावनीसमेत उनले दिए । चलखेलका कारण प्रहरीका उच्च अधिकारीको बढुवा प्रक्रिया अघि बढ्न नसकेका वेला आइजिपी खनालको यस्तो चेतावनी आएको थियो । चेतावनी दिँदै उनले बढुवाका लागि संगठनको नेतृत्वमै विश्वास गर्न निर्देशन पनि दिए ।
आइजिपी खनालले भनेजस्तै के अहिले बढुवाको साँचो प्रहरी नेतृत्वमै छ त रु बढुवामा भइरहेको ‘म्याराथन’ हेर्दा लाग्छ, बढुवामा नेतृत्वप्रति प्रहरी अधिकारीलाई विश्वास छैन । जसका कारण उनीहरू सत्तारुढ दलका नेतादेखि बिचौलियासम्मलाई प्रयोग गरिरहेका छन् । फौजी संगठनमा यस्तो दृश्य देशका लागि पक्कै हितकर छैन । प्रहरी नेतृत्व साँच्चै बलियो थियो भने बढुवाका लागि शक्तिकेन्द्रबाट दबाब दिनेलाई चेतावनी होइन, कारबाही गर्ने सामथ्र्य देखाउनुपथ्र्यो । तर, संगठनभित्रको आन्तरिक द्वन्द्व र प्रहरीमा राजनीतिक नेतृत्व क्रमशः हाबी हुँदै जाँदा प्रहरी महानिरीक्षक कारबाही गर्न सक्ने होइन, चेतावनी दिन सक्ने मात्र अवस्थामा छन् ।

किन यति कमजोर बन्यो नेतृत्व स् आइजिपीको चेतावनीले बढुवाको विकृति सुध्रिने देखिन्न । चेतावनी होइन, सिस्टमले मात्र यस्तो प्रवृत्ति रोकिनेछ । सिस्टम बनाउन प्रहरी बढुवामा चलखेल गर्ने बाटाहरू बन्द गरिनुपर्छ । निकै उत्कृष्ट भनिएको प्रहरी नियमावली ०७१ मा रहेका प्रावधानले बढुवामा चलखेल गर्ने ठाउँ दिएको छ । नियमावलीअनुसार सय पूर्णांकमा बढुवाका लागि प्रहरीको मूल्यांकन हुन्छ । जसमध्ये ४० कार्यसम्पादन मूल्यांकन र २० नम्बर ज्येष्ठताबापत दिइन्छ । त्यसबाहेक शैक्षिक योग्यताको १०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको ८, तालिमको ७।५ र विभूषणबापत २ नम्बर प्राप्त हुन्छ ।