बाघमारेलाई बाघको आक्रमण: बाघ गायब, गाउँले झनै त्रसित

97

नेपाल समाचारपत्र,
माघ २३, बाँके । उनलाई गाउँमा सबैले बाघमारे भनेर बोलाउँछन्। उनको वास्तविक नाम त विजय बिसी हो। सोमबार साँझ चन्द्रबहादुर शाहीलाई बाघले आक्रमण गरेपछि बाघ भगाउन निस्केका तिनै बाघमारे अर्थात् विजयलाई बाघले आक्रमण ग¥यो, घाइते बनायो। बाघको आक्रमणबाट बाघमारेको शरीरका विभिन्न ठाउँमा घाउ भएको छ। अवस्था सामान्य रहेकाले उनको गाउँकै स्वास्थ्य चौकीमा उपचार भयो। फेरि रेबिज हुन सक्छ भनेर मंगलबार नेपालगन्ज आएर सुई लगाएर फर्किए। घटना बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुरको सोमबार साँझको हो। गहुँबारीमा बाघ देखेपछि २÷३ जना युवाहरू ‘बाघ छ, बाघ छ’ भन्दै भागेका थिए। घरमा बसेका चन्द्रबहादुरले त्यो कुरा पत्याएनन्। उनी आफै कहाँ होला भनेर गहुँबारीमा गए। नजिक पुग्नेबित्तिकै बाघले आक्रमण गरिहाल्यो। गम्भीर घाइते चन्द्रबहादुरको उपचारको क्रममा गएराती नेपालगन्जको नर्सिङहोममा मृत्यु भयो। चन्द्रबहादुरका दुई छोरा विदेशबाट आउँदै गरेकाले अत्येष्टि गरिएको छैन। कतारमा रहेका २ छोरा आइरहेका छन्। उनका एक छोरा गाउँमै छन्। चन्द्रबहादुरले बाघ कहाँ होला भनेर नपत्याउँदा आक्रमणमा परे। त्यसको एक घण्टापछि गाउँका सबै मानिसहरू बाघ धपाउन भनेर निस्किए। प्रहरी टोली पनि थियो। गाउँकै कुकुर बाघ रहेको ठाउँनजिक पुग्यो। बाघले चाल नै गरेन। बाघ गइसक्यो भनेर साँझ साढे ६ बजेतिर विजय घटनास्थलनजिक पुगेपछि बाघले आक्रमण गरेको थियो। विजय पनि बाघ गइसक्यो, छैन भन्ने ठानेर अगाडि बढ्दा आक्रमणमा परेका थिए। जबकि प्रहरीलगायत गाउँलेले बाघ अझै त्यहीं छ अगाडि नजान विजयलाई सम्झाइरहेका थिए। ‘यतिबेलासम्म पनि कहाँ बाघ एकै ठाउँमा बस्छरु’ भन्दै अगाडि बढ्दा बाघको झाप्पु खाएका थिए। रात परेकाले सोमबार निकुञ्ज तथा वनको टोली आएन।