माघ २१,
काठमाडौँ -प्रदेश नम्बर ३ ले मंगलबार सार्वजनिक विदा दिएको छ। माघ ९ मा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले सोनाम ल्होसार पर्वका दिन विदा दिने निर्णय गरेको थियो। प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सोमबार गोरखापत्रमा सूचना निकालेर मंगलबार सार्वजानिक विदा दिएको उल्लेख गरेको छ। यसअघि प्रदेश ३ ले माघ १६ गते सहीद दिवसका दिन पनि विदा दिएको थियो। प्रदेशले दिएको विदामा केन्द्र सरकार मातहतका कार्यालय भने खुला रहन्छन्।












