अब राहत वितरणको फोटो खिच्न नपाइने

457

चैत २४,
स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो । जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने/खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।
संदेनशील घडीमा मानवीय संवेदनलाई मध्येनजर राख्ने भन्दै सो निर्णय गरिएको हो । समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकारमाथि ठाडो हस्तक्षेत रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएको हो ।