Saturday, October 24, 2026
Home मनोरन्जन ट्रेलरमा हेर्नुहोस ‘समर लभ’को अन्तरङ्ग दृश्य ( भिडियो सहित)

ट्रेलरमा हेर्नुहोस ‘समर लभ’को अन्तरङ्ग दृश्य ( भिडियो सहित)

137

पुस २३,
काठमाडौं । चर्चित कृति ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को ट्रेलर सार्वजनिक गरिएको छ।
युवा लेखक सुविन भट्टराई कथा रहेको उक्त फिल्मको सोमबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको हो । आशिष र रेवतीको अन्तरङ्ग दृश्य समेत रहेको ट्रेलरमा फिल्मको सबै पक्ष समेट्ने कोसिस गरिएको छ ।

‘भ्यालेन्टाइन डे’ अर्थात २५ माघबाट प्रदर्शनमा आउने यो फिल्म ‘समर लभ’ मा आशिष पिया, रेवती क्षेत्रीको मुख्य भूमिका छ । आशिषले ‘अतित’ र रेवती ‘साया’ले भूमिका निर्वाह गरेका छन् । फिल्म मुस्कान ढकालले निर्देशन गरेका हुन् ।
सुविनको कथामा सामिप्यराज तिमल्सेनाले पटकथा गरेको फिल्ममा संवाद सुविन र सामीप्यले मिलेर लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् । विनोद अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा स्वपन सरकार र मनोज बिक सहनिर्माता, पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायाँकन रहेको छ ।