डिप्रेसन परिन चर्चित गायिका

166

पुस २३ ,
इन्डियन आइडलकी जर्ज तथा भारतिय चर्चित गायिका नेहा कक्कड केही दिनयता निकै भावुक र तनावग्रस्त भएकी छिन् । उनको पे्रमी हिमान्श कोइलीसँग ब्रेकअप भएपछि नेहा डिपे्रशनमा गएकी हुन् । आफूलाई डिप्रेसन गएको कुरा नेहाले इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छिन् । उनले आफू डिपे्रशनमा रहेको कुरा स्विकार्दै लेखेकी छिन्, ‘हो म डिप्रेसनमा छु । दुनियाँका सबै नेगेटिभ मान्छेहरुको कारण । तपाईंहरूले मलाई यति गाह्रो समय दिन सफल हुनुभएको छ । बधाई छ, तपाईं सफल हुनुभयो ।’
नेहा कक्कड र हिमान्श कोइली रिलेशनशिपमा रहेको कुरा केहि महिना अगाडी मात्रै सार्वजनिक भएको थियो । हिमान्श इन्डियन आइडलको सेटमा समेत पुगेका थिए । यसको केहि समयपछि ब्रेकअपको खबर बाहिरियो । हिमान्शसँग ब्रेकअफ भएपछि नेहाले भावुक पोस्ट समेत गरेकी थिइन् । नेहाको कन्सर्टमा समेत आँशु रोकिएको थिएन् । नेहाले हिमान्शसँग भएको हरेक फोटो डिलेट गरिसकेकी छिन् । आफुलाई भुलाउन हर तरिकाको कोसिसमा नेहा लागेकी छिन् । उनी बे्रकअपपछि म्युजिकल्ली टिकटकमा सक्रिय देखिन थालेकी छिन् । तर पनि भुल्न नसकेर डिपे्रसनमा रहेको खुलाएकी छिन् । -एजेन्सी