Friday, September 25, 2026
Home समाचार नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल–२ का विजेता रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

96

११ पुस, काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

विष्णा रविकी कान्छी आमा हुन् । जन्मदिने आमाको सानैमा मृत्यु भएपछि रविका बावुले विष्णासँग दोस्रो विवाह गरेका थिए । उनै विष्णाले रविलाई हुर्काएकी थिइन् । तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ ।-अनलाइनखबर