नयाँ पत्रिका दैनिक, पुस ११,
काठमाडौं । मन्त्रालयका तर्फबाट प्रधानमन्त्रीसमक्ष प्रस्तुत चौमासिक लक्ष्य कति पूरा भयो रु प्रधानमन्त्री कार्यालयले पाइचार्ट बनाएर अनुगमन गरिरहेको छ, आफैंले निर्धारित गरेको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गरेका छैनन् । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन् । निर्धारित समयमा कति काम हुन सक्छ भनेर उनले मन्त्रालयहरूबाट प्रतिबद्धता मागेका थिए । आफैंलले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भन्ने मूल्यांकन प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले गरिरहेको छ । सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याबलेटमा हेरिरहेका छन् । तर, प्रधानमन्त्रीलाई दिएको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गर्न सकेका छैनन् ।
यस्तो छ मन्त्रीको रिपोर्ट कार्ड :