थे्रसर मेशिन पल्टिँदा एकको मृत्यु

205
सांकेतिक तस्विर

मंसिर ११,
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ साइबाबा चोकबाट धान थे्रसर लगाएर फर्किंदै गरेको ना५त ४९७५ नंंको ट्र्याक्टरमा जडित थे्रसर मेशिन पल्टिँदा वडा नं ७ का ४७ वर्षीय बालकिशोर सिंहको मृत्यु भएको छ । घाइते सिंहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच दिनअघि मात्रै सर्लाहीको कविलासी नगरपालिका–९ सलेमपुरमा थे्रसर मेशिनमा बेरिएर एक मजदूरको ज्यान गएको थियो । रासस