Monday, October 12, 2026
Home मनोरन्जन सर्वोत्कृष्ट लोक गायकको अवार्ड गायक नविन पौडेललाई

सर्वोत्कृष्ट लोक गायकको अवार्ड गायक नविन पौडेललाई

129

मंसिर १०,
काठमाडौँ । यस वर्षको सर्वोत्कृष्ट लोक गायकको अवार्ड गायक नविन पौडेललाई प्रदान गरिएको छ । गायक पौडेलले ‘फूल फुलेको तारीलाई, बैँस आ’की छोरीलाई’ बालको गीतबाट अवार्ड जितेका हुन् ।भुगर्भ सिमेन्ट को सहकार्यमा आयोजित नबौँ सस्करण को ‘बिन्दबासिनी म्युजिक अवार्ड २०७५’ कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा एक समारोहका बीच अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गीत, संगित र गायन विद्या अन्तर्गतका स्रष्टालाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको थियो । त्यस्तै, बरिष्ठ गायक तथा संगितकार शक्ति बल्लबलाई एक लाख राशी सहित दिर्घ साधना सम्मान प्रदान गरिएको थियो।