कार्तिक १८,
बुटवल । इसाई धर्म प्रचारमा हिँडेका २ जापानी महिलाहरु बुटवलमा आज प्रक्राउ परेका छन् । धर्म परिवर्तन गर्ने उद्देश्यले इसाई धर्म प्रचार गर्दै हिँडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिलालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर धर्म प्रचारमा हिँडेका दुई जापानीज महिलासहित ४ जनालाई स्थानीयले नियन्त्रमा लिएर प्रहरीलाई बुझाएका हुन् । हिन्दु धर्मको कडा आलोचना गर्दै भ्रम छरेको भेटिएपछि स्थानीयबासीले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएको स्थानीय पूर्ण पौडेलको बताए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्लीबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा जापानिज दुई महिला ४९ वर्षीया यासुको ओबा र ४५ वर्षीया मारी क्युरा रहेकी छन् । त्यस्तै गोरखा घर भई बुटवल बस्ने तीर्थमाया घले र रुपन्देही तिलोत्तमाकी पुष्पा घिमिरे रहेकी छन् । बुटवलका सुकुम्बासी इसाई धर्म प्रचारका लागि ठूलो टोली नै खटिएको स्थानीयले बताएका छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिराखेको जनाएको छ । बुटवलको सुकुम्बासी बस्तीहरुमा पछिल्लो समय धर्म प्रचारका गतिविधि बढेको छ । प्रगतिनगरमा निःशुल्क ट्युसन पढाउने भन्दै इसाई धर्मको प्रार्थना गराउने गरिएको स्थानीयले बताएका छन् ।
जर्बजस्ती वा आर्थिका प्रलोभनका धर्म परिवर्तन गर्न नपाइने कानुनी मान्यता रहेको रहेपनि यस्ता गतिविधिहरु विभिन्न ठाउँमा हुने गरेको पाईएको छ । केही सयम पहिले गुल्मीका सशस्त्र प्रहरी जवानले नै धर्म परिवर्तनको प्रचारक बनेर काम गरेको सार्वजिक भएको थियो । उनलाई पछि स्थानीय प्रशासनले नियन्त्रमा लिएको थियो । -रातोपाटी