आज भक्तपुरको सिपाडोलमा निःशुल्क स्वास्थ्य शिविर हुदैं, उठाउनुहोस् लाभ

12

भक्तपुर । आज भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ८, पाटीभञ्ज्याङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदैंछ । भक्तपुर जिल्ला अस्पताल र सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको हो । शनिबार सूर्यविनायक नगरपालिका-८, पाटीभञ्ज्याङमा उक्त शिविर आयोजना हुने वडाअध्यक्ष पुष्प बस्नेतले जानकारी दिनु भएको छ । बस्नेतका अनुसार शिविर बिहान ८ बजे देखि ३ बजेसम्म रहनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकहरुले महिलाहरुको पाठेघर सम्बन्धि रोगको पहिचान तथा उपचार गर्ने भक्तपुर अस्पतालकी प्रमुख डा। सुमित्रा गौतमले जानकारी दिनुभयो ।

महिला तथा स्त्री रोग सम्बन्धि विशेषज्ञ सेवा दिने, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको पहिचान समेत शिविरमा हुनेछ ।
त्यस्तै, शिविरमा विशेषज्ञहरुले नसर्ने रोगको पहिचान तथा उपचार समेत गर्नेछन् । नाक, कान, घाँटी सम्बन्धी विशेषज्ञ सेवा शिविरमार्फत् दिइने छ । शिविरमा रेडियोलोजिष्ट, फिजिसियन र मानसिक रोग विशेषज्ञ सेवा समेत दिइने अध्यक्ष डा। गौतमले बताउनु भयो ।