बडा दशैंः आज घर–घरमा फूलपाती भित्र्याइँदै

218

असोज ३०,
काठमाडौं । बडादशैंको सातौं दिन आज धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइँदैछ । उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रुपमा आजै शुभ साइतका प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ । भगवतीका अन्य मन्दिरहरुमा पनि आजै फूलपाती भित्र्याइन्छ । परम्परा अनुसार गोर्खा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैंघरमा भित्र्याइन्छ । सो फूलपातीलाई गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित ६ जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाण्डौंबाट गएका पुजारीले बोकेर ल्याउँछन् । -ekantipur