महासंघलाई आत्मनिर्भर बनाउन, युवापुस्ताको नेतृत्व आवश्यक ः महासचिव देउजा

83

नेपाल निर्माण व्यवसायी महासंघको ११ औं अधिवेशन यहिँ असोज ५ र ६ गते काठमाडौंमा हुदैं छ । उक्त अधिबेशनमा वर्तमान महासचिव रामशरण देउजाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएपछि आसन्न अधिबेशनमा केन्द्रित रहेर नयाँ न्युज डटका लागि सम्पादक रामेश्वर ढकालले गर्नुभएको कुराकानीको अंशः

अध्यक्ष पदको लागि उम्मेदवार घोषणा गरिसक्नु भएको छ, यहाँका मुख्य एजेण्डाहरु के–के छन् ?
यो २ दशक भन्दा लामो व्यवसायीक नेतृत्वका दौरानमा मैले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्षहरु रमेश शर्मा, जिपछिरिङ लामा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, जयराम लामिछाने र स्वर्गीय शरद गौचनसंग निकै नजिक बसेर धेरै कुराहरु सिक्ने र आफुलाइ लगनशील बनाउने मौका पाए । महासंघमा नीतिगत तहमा गर्नु पर्ने कार्य र महांसघको गरिमा बढाउनको लागि खेल्नुपर्ने भूमिकाको सन्र्दभमा जुन ज्ञान हासिल गरेको छु, त्यसलाई व्यवहारिक कार्यान्वयनको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।

महासंघको संस्थागत सबलिकरण गर्दै हाल रहेको एकात्मक नेतृत्व प्रणालीलाई सामुहिक नेतृत्वको अवधारणामा लैजाने मेरो सोच छ । लेभिको आधारमा मात्र चलेको संस्थालाई विभिन्न दातृ निकायको सहयोगमा विभिन्न कार्यक्रम मार्फत आर्यआर्जन गरेर आत्मनिर्भर बनाउने योजना छ । अघिल्लो कार्यकालमा सचिवालयलाई व्यवस्थित बनाउने मेरो एजेण्डा थियो जुन पुरा गरेको छु । साना व्यवसायीले काम पाउने गरि बोलपत्र आवहन गर्न सरकारी तहमा बुझाउनु पर्ने आवश्यकता छ । यसअघि मलाई बोलपत्र व्उवस्थापन समितिको संयोजक बनाएपछि गत आर्थिक वर्षभित्र केकति बोलपत्र आवहन भए त्यसको तथ्यांक सहित अब कसरी बोलपत्र आवहन गर्दा सबैले काम पाउने र समयमै काम पु्रा गर्न सक्ने अवस्था बनाउन सकिन्छ । त्यस विषय सरकारी तहमा राखी कार्यान्वयन गराउन पनि अध्यक्षमा मेरो उम्मेदवारीको आवश्यकता रहेको छ ।

महांसघको विधानमा कुनै एक ठाउँबाट सदस्य हुनुपर्ने प्रावधान छ । तर यहाँ दुई ठाउँमा सदस्य भैरहेको अवस्था छ । म नीतिगत उपमहासचिव हुदाँ यसलाई व्यस्थित गर्न सफ्टवयेरको विकाश गरिएको थियो बीचमा त्यो रोकियो अब त्यसलाई अगाडी बढाउनु छ ।

सार्वजनिक खदिर ऐनमा भएका कमजोरी हटाउन सरकारले संशोधन प्रक्रिया अगाडी बढाएको छ । नयाँ आउने कार्य समितिले सरकारसंग समन्वय र सहकार्य गर्न आवश्यक छ । सार्वजनीक खरिद ऐन २०६३ र नियमावली २०६४को विषयको ज्ञान नभएको व्यक्ति अध्यक्षमा आउने हो भने पुरानै घटनाको पुनरावृत्ति हुन्छ । र नेतृत्वबाट साना व्यवसायीको हित हुन सक्दैन् ।

महासंघ र सरकारी निकायबीचमा नीति नियम र कार्यान्वयनको विषयमा देखिएको समन्वयको कमी पुरा गर्न अब आउने अध्यक्षले के गर्नु पर्दछ ?

-निर्माण आयोजना समयमै सम्पन्न नहुने र गुणस्तरीय नुहने समस्या जुन छ त्यो किन भयो भन्ने विषय हामीले सरकारलाई बुझाउन सकिरहेका छौ । त्यसभित्र धेरै समस्याहरु छन् । कसको के कमजोरीले काम समयमै सम्पन्न नभएको हो भन्ने विषय नीतिगत र व्यवहारीक रुपमा पहिचान गरेर सरकरी तहमा प्रष्ट पारेका छौं । लो बिडिङ्गलाई काम दिने र धरौटी राख्नु पर्ने प्रावधानको सट्टा एभरेज बिडिङ्ग गरेर धरौटी राख्नु नपर्ने व्यवस्था हुनु पर्दछ भन्ने सुझाव दिएका छौ । समयमा भुक्तानी र मुल्य संमायोजन गर्नु पर्दछ । त्यस्तै डिजाइन ड्रोइङ्ग गर्दा सरोकारवाला निकायलाई समेत राखी सार्वजनीक सुनुवाई मार्फत गरिनु पर्दछ । यसो गर्दा वर्तमान समस्या समाधान गर्न सकिन्छ । यसरी सरकारी निकायका गलत नीति नियम परिवर्तन गराउन पनि मेरो उम्मेदवारी हो ।

महासंघमा दुई पक्षिय प्रतिस्पर्धा विगत लामो समयदेखि हुदैं आएको छ, दुबै पक्षबाट आ आफ्नो टिमको नेतृत्वको लागि तीव्र प्रतिस्पर्धा चलेको देखिन्छ, तपाईको टिमको अवस्था के छ ?

-हामीले कार्य समितिबाट पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्ष रहेको ६ सदस्य सर्वसहमत बनाउने समिति बनाइएको थियो । सो समितिमा रहेका मध्यबाट एक आपसमा एकदुई पटक छलफल पनि गर्नु भएछ । तर हतार हतारमा त्यसमध्यका तीनजनाले आफैँ आफैंमा उमेदवारी समेत घोषणा गर्नु भयो । उहाँहरु एक पटक अध्यक्ष भइसकेर बीचमा निकै ग्याब भयो । निरन्तरता भएको भए यी कामहरु मैले पुरा गरे अब यी कामहरु बाकीँ रहेकाले सो पुरा गर्न मेरो उम्मेदवारी भन्ने विषय स्वभाविक हुन्थ्यो । तर निकै वर्षपछिको अन्तरालमा अस्वभाविक ढंगले उम्मेदवारीको विषय आएको छ । हामीले बाम्बार पूर्वअध्यक्ष ज्युहरुलाई तपाईहरु सल्लाकार र संरक्षक भएर बसिदिनु होस् तपाइहरुको ज्ञान र सीप युवापुस्तालाई शेयर गरिदिनुस् र अगाडी बढाउनुस् भनेका छौं । यस गर्दा सबैतीर सकारात्मक सन्देश जान्छ ।

तपाईहरुको टिमको घोषणा कहिलेसम्म हुन्छ ?
-अध्यक्षको उमेदवारको रुपमा मैले भक्तपुर जिल्लाबाट केहीदिन अगाडी नै उम्मेदवारी घोषणा गरिसकेको छु । मेरो टिमको घोषण चाहीँ असोज ३ गतेसम्ममा हुन्छ ।

तपाई पछि हट्ने संम्भावना छ कि छैन ?
-सर्वसहमत हुने अवस्थामा म बाहिर बस्न पनि तयार छु, तर सर्वसहमत नहुदाँको अवस्थामा मेरो उम्मेवारी कायम रहन्छ । अघिल्लो पटक निर्वाचनको समयमा मलाई मातृशोक परेको थियो । तेतिबेला दुबै टिममा नरहदाँ पनि साथीहरुले मलाई जुन विश्वास र भरोसा गरी महासचिवमा निर्वाचित गर्नु भयो त्यसकारण पनि देशैभरीका निर्माण व्यवसायीहरुको साथ र सहयोग रहेने अपेक्षा गरेको छु ।