उपभोक्तालाई क्षतिपूर्ति माग्ने अधिकार सहितको कानुन आउदैं

91

साउन २२,
नेपालमा कुनै उत्पादक वा सेवा वितरकका कारण स्वस्थ्य तथा अन्य कुनै पनि किसिमका हानी नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पनि माग्न मिल्ले कानुन बनाउन तयारी भइरहेको छ । मन्त्रिपरिषदबाट पारित भएर संसदमा दर्ताका लागि गएको विद्येयकमा कुनै उत्पादक वा सेवा वितरकका कारण स्वस्थ्य तथा अन्य कुनै पनि किसिमका हानी नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पनि माग्न सक्ने र प्राप्त गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । पहिलोपटक उपभोक्ताले क्षतिपूर्ति पाउन सक्ने गरी कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । उपभोक्ता हित संरक्षणलाई एकीकरण गर्न बनेको विद्येयकमा उपभोक्ताले आफूलाई कुनै सेवा उपभोग गर्दा कुनै प्रकारको हानी भए त्यसको क्षतिपूर्ति दाबी गर्न सकिने उल्लेख छ । उपभोक्ताको अधिकारलाई बलियो बनाउन उत्पादक, सेवा प्रदायक र सरोकारवालालाई जिम्मेवार बनाउन यस किसिमको व्यवस्थासहितको ऐन प्रस्ताव गरिएको सरकारको भनाई छ । यसले विकास निर्माणको काम गर्दा धुलो धेरै उडेर स्थानीयको स्वासथ्यमा गम्भीर समस्या उत्पन्न भएमा प्रमाणसहित क्षतिपूर्तिको दावी पेश गर्न सक्ने बाटो पनि खुलेको छ । यदि यो कानुन बनेमा सेवा प्रदायकले गुणस्तरमा समेत ध्यान दिनेछन् । जसमा आम सर्वसाधरण उपभोक्ता हरेक सेवामा गुणस्तर मिल्ने छ । उत्पादन र सेवामा कमजोरी गर्ने व्यवसायी दण्ड सजाय मिल्नेछ ।