Sunday, September 27, 2026
Home सूचना प्रविधि फेसबुकका मुख्य सुरक्षा अधिकारी एलेक्स स्टोमसको राजिनामा

फेसबुकका मुख्य सुरक्षा अधिकारी एलेक्स स्टोमसको राजिनामा

144

साउन १७,
फेसबुकका मुख्य सुरक्षा अधिकारी एलेक्स स्टोमसले जागिर छोडेका छन् । उनी अब स्ट्यानफोर्ड युनिभर्सिटीका विद्यार्थी हुनेछन् ।सुरक्षा विभागमा परिवर्तन गरिएको खबर मार्चमा आएपछि उनले जागिर छोड्नु निश्चित मानिएको थियो । फेसबुकका मुख्य कार्यकारी अधिकारी शेरिल स्यान्डबर्गले एलेक्सको कम्पनीमा ‘महत्वपूर्ण भूमिका’ भएको बताएका छन् ।३९ वर्षका एलेक्स स्टोमस सन् २०१५ मा फेसबुकसँग आबद्ध भएका थिए । उनले यो महिना कम्पनी छोड्दैछन् ।फेसबुकबाट गलत सूचना सम्प्रेषण भइरहेका बेला र डेटा सुरक्षाबारे विवाद सुरु भएका बेला उनी फेसबुकमा अनुबन्ध भएका थिए ।न्यूयोर्क टाइम्ससँगको कुराकानीमा एलेक्स स्टोमसले फेसबुकमा आफ्नो तीन वर्षको कार्यकाललाई ‘निकै मुश्किल’ बताएका छन् । उनले भने, ‘मैले जे सिकें, त्यसलाई आत्मसात गर्दै आफ्नो अनुभवलाई उत्कृष्ट तरिकाले प्रयोग गर्नेछु ।’एलेक्स स्टोमसले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘कुनै टेक कम्पनी जोखिमपूर्ण माहौलबाट गुज्रिरहेका बेला उत्कृष्ट सुरक्षा अधिकारीसँग काम गर्न पाएकोमा मलाई आफैंमा गर्व छ ।’