Friday, September 18, 2026
Home पत्रपत्रिका पद छ, काम छैनस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

पद छ, काम छैनस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

176

समाचारपत्र दैनिक- साउन १७,
काठमाडौं । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फर्कियो ।

साउन १ गतदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चूडामणि पौडेललाई उपमहानिर्देशकको जिम्मा दिइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवलाई उपमहानिर्देशकको पत्र दिए तापनि के काम गर्ने तोकिएको छैन । ‘हामीले पद त पायौं तर काम पाएका छैनौं’, एक उपमहानिर्देशकले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यस्तो अवस्थामा कसरी काम गर्ने ? ’ उपमहानिर्देशक मात्रै होइन, केही उपसचिवलाई निर्देशकको समेत जिम्मेवारी दिइएको छ । लगातार पद बाँड्दै पत्र बुझाउने मन्त्रालयले काम नदिँदा अहिले नयाँ गठन भएको केन्द्र भद्रगोल छ । कुन कार्यालयका कर्मचारीले के काम गर्ने अन्योलमा छ ।

साउन २ गते महानिर्देशकको जिम्मा पाउनुभएका बाबुराम पौडेलले काम गर्न सक्नुभएको छैन । महानिर्देशक पौडेलले आफूले नयाँ संरचनाअनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘महानिर्देशकको जिम्मा पाएपछि शाखा, प्रशाखा मिलाउने, कर्मचारी व्यवस्थापन गर्ने, आगामी वर्षको कार्यायोजना बनाउने काम गरिरहेको छु ।’ उहाँलाई साथ दिने महाशाखाका सहसचिवलाई हालसम्म कुनै जिम्मा दिन नसकेको अवस्थामा के काम गर्ने भन्ने विषय भने अन्योल छ । केन्द्रको संगठन संरचनाअनुसार केन्द्रमा ३ महाशाखा र १७ शाखा छन् । हाल गठन भएको केन्द्रको नयाँ संरचनाअन्तर्गत शैक्षिक योजना तथा विकास महाशाखा, शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा र मानव संशाधन विकास महाशाखा छन् ।