Friday, September 18, 2026
Home पत्रपत्रिका भूकम्पपीडितेलाई खुसीको खबरः धितो लिलामी नगर्न राष्ट्र बैंकको निर्देशन

भूकम्पपीडितेलाई खुसीको खबरः धितो लिलामी नगर्न राष्ट्र बैंकको निर्देशन

२५ ब्याजमा लिएको कर्जा १४–१५५ पुग्यो, भूकम्पपीडित अन्योलमा

201

नयाँ पत्रिका दैनिक- साउन १५,
काठमाडौं । भूकम्पपीडितले घर पुनर्निर्माणका लागि लिएको कर्जा असुलमा कडिकडाउ नगर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । भूकम्पपीडितको घर पुनर्निर्माणका लागि प्रवाह भएको कर्जामा बैंक तथा वित्तीय संस्थाले धितो लिलामीसम्मको प्रक्रिया अघि बढाएपछि राष्ट्र बैंकले त्यसलाई रोक्न निर्देशन दिएको हो ।

‘भूकम्पपीडितहरूमा पुनर्कर्जासम्बन्धी अन्योलता देखिएको छ, थुप्रै गुनासा पनि आएका छन्,’ राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीमा कडाइ गरी धितो लिलामी प्रक्रियासमेत अघि बढाएको देखिएकाले अर्को व्यवस्था नभएसम्मका लागि त्यसलाई रोक्न निर्देशन जारी गरिएको छ ।’ राष्ट्र बैंकले तत्कालका लागि भूकम्पपीडितको धितो लिलामी प्रक्रिया रोक्न र लिलामी प्रक्रिया अघि बढेको भए त्यसलाई स्थगन गर्न निर्देशन दिएको हो । कम्पपीडितको आवास पुनर्निर्माणमा प्रवाह भएको कर्जामा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकले छलफल गरिरहेको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए ।