प्रधानमन्त्री र मन्त्रीलाइ लिखित भाषण पढ्न बामदेवको सुझाव

200

साउन १२,
काठमाडौं । नेकपाका सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री र मन्त्रीहरुलाई लिखित भाषण गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रीपरिषद्का सदस्यहरुको भाषण विवादमा आएपछि नेता गौतमले यस्तो सुझाव दिएका हुन् । पछिल्लो पटक आफ्नो विवादमा आएकै कारण कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा गर्नुपरेके थियो ।

केही दिन अगाडि बसेको नेकपाका सचिवालय वैठकमा नेता गौतमले विवादिता भाषणले समस्या पैदा गरेको भन्दै प्रधानमन्त्री र मन्त्रीहरुलाई लिखित भाषण गर्न सुझाव दिएका हुन् । बैठकमा गौतमले राखेको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरुको भाषण लिखित रुपमा सचिवालयले तयार गर्नुपर्छ । लिखित भाषण पढेपछि धेरै कुराबाट बचिन्छ । अब त्यसै गर्दा राम्रो हुन्छ ।’ लामो र विषयबस्तु भन्दा बाहिर गएर बोल्ने प्रधानमन्त्री ओलीको बानी रहेको नेकपाका नेताहरु बताउँछन् । अन्य मन्त्रीले पनि समाचारका लागि भाषण दिने गरेको गुनासो आउने गरेको छ । अन्तराष्ट्रिय फोरममा बाहेक प्रधानमन्त्री र मन्त्रीहरुले निकै कममात्र लिखित भाषण गर्ने गरेका छन् ।