साउन २,
गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नं ६ अँधेरीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोले नवराज कुँवरको घर पुरिँदा नवराजकी ११ वर्षीया भतिजी प्रविना कुँवर, २१ वर्षीय भान्जी सरु र उनका ८ महिनाको छोरा युनिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको छ ।