Thursday, October 1, 2026
Home समाचार बाढी र वर्षाबाट उच्च सर्तक रहन जिल्लावासीलार्इ आग्रह

बाढी र वर्षाबाट उच्च सर्तक रहन जिल्लावासीलार्इ आग्रह

174

असार २९,
डोल्पा । देशभर भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले क्षति पुर्‍याइरहेको बेलामा जिल्ला प्रशासन कार्यालय डोल्पाले बाढी र वर्षाबाट उच्च सर्तक रहन जिल्लावासीलार्इ आग्रह गरेको छ। भौगोलिक रूपमा विकट डोल्पामा कम्जोर जमिन र भिरालो पहाड भएको कारण पहिरोको उच्च जोखिममा रहेको भन्दै सतर्क रहन प्रशासनले जिल्लावासीलार्इ आग्रह गरेको हो। सदरमुकाम दुनैलगायत नदीको किनारा क्षेत्र र पहिरोको जोखिम रहेका बस्तीहरूमा बसोवास गर्ने जिल्लाका नागरिकलार्इ समयमै सुरक्षित क्षेत्रमा जानका लागि गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। ुवर्षा र नदीको पानीको बहाब बढ्दो अवस्थामा रहेकोले हरेक नागरिकले आफ्ना बालबच्चालार्इ हिलो तथा नदी किनारमा जान नदिनुका साथै ठूला मान्छेहरू पनि दाउराको लागि भेरीमा नपस्न अनुरोध गर्दछौँु, प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। जिल्लाका नागरिकले विपद् पूर्वसूचना तथा अवस्था वा सम्भावना बुझ्नको लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको फोन नम्बर ०८७–५५०१५४ र जिल्लामा घटना घटेको भए तत्तकाल जानकारी गराउन प्रमुख जिल्ला अधिकारीको सम्पर्क नम्बर ९८५८३०७७७७ मा फोन गरी जानकारी गराउन जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको छ। त्यसका साथै विपद् पूर्वसूचना प्राप्त गर्न जल तथा मौसम विभागको वेवसाइट ध्ध्ध्।जथमचययिनथ।नयख।लउ बाट जानकारी लिनुका साथै स्थानीय तहका नगरपालिका र गाउँपालिकाका स्थानीय विपद् ब्यवस्थापन समितिसँग सहकार्य गरी विपद्को बेलामा बच्न सबैमा सूचना जारी गरि आग्रह गरेको छ। सुख्खा र भिरालो जमिन भएको कारण सानो पानीले पनि ठूलो बाढी र पहिरो ल्याउने भएको कारण जिल्लाको सबै क्षेत्र वर्षाको समयमा जोखिमपूर्ण रहेको छ। साना खहरे खोलाहरू पनि वर्षाको समयमा अत्याधिक बढ्ने र बाढी आर्इ लाखौँको क्षति पुर्‍याउने गरेकोले खोला तथा नदीको किनाराका बस्तीहरू र पहिरोका जोखिमका बस्तीहरूलार्इ सचेत रही सुरक्षित स्थानमा बसोवासको ब्यवस्था गर्न स्थानीय सरकारलार्इ अनुरोध गरेको प्रजिअ थापाले जानकारी दिए। जिल्लाको सदरमुकाम दुनै भेरी नदीको किनारमा रहेकोले डुवानको जोखिममा रहेको छ भने अन्य गाउँका बस्तीहरू पहिरो र बाढीको खतरामा रहेका छन्। डोल्पाका पाहाडा र जुफालको डागीवाडाका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासनले जानकारी दिएको छ। जिल्लामा बाढी तथा पहिरो र अन्य प्राकृतिक विपतद्कम परेको खण्डमा तत्काल उद्धारका लागि विपद् उद्धार टिमको व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीका अनुसार प्रहरीले मात्रै सबै क्षेत्रमा उद्धार गर्न नसक्ने भएकोले सबै स्थानीय तहमा टोलटोलमा आपतकालीन उद्धार टोली तयार गर्नुपर्ने सुझाब दिएको छ। त्यसो भएमा मानवीय तथा आर्थिक क्षति कम हुने प्रहरीको दाबी छ।