४८ जिल्ला पूर्ण खोप सुनिश्चित

218

असार २६,
रोल्पा । रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।
सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै स्वास्थ्य नागरिकले मात्र देश विकास गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

पन्ध्र महिनाभित्रका बालबालिकालाई ११ थरीका खोप तालिकाअनुसार नियमित लगाइएको मापदण्ड पूरा गरेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । जिल्लामा खोप ९५ प्रतिशत पुगेकाले स्वास्थ्य सेवा विभागको स्वीकृतिमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सुशील आचार्यले बताउनुभयो ।

रोल्पासहित ४७ जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भइसकेको स्वास्थ्य सेवा विभागका प्रतिनिधि वसन्त श्रेष्ठले जानकारी दिनुभयो । सन् २०१८ भित्र देशका ७७ वटै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसक्ने बताइएको छ ।