किन भयो दम्पतीको भाइरल तस्बिर

216

एजेन्सी । अमेरिकी दम्पतीको मिक्स कल्चरको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । अमेरिकाको न्युजर्सीमा बसोबास गर्ने जष्टिन र एमिनात म्याकक्लुरीले परिवार भित्रको विविधता झल्कने गरी खिचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो ।
नाइजेरियन मूलकी एमिनात अमेरिकन पुरुषसँग विवाह गरेर अमेरिकामै बस्दै आएकी छिन् । दुई छोरी र एक छोराका माता–पिता भैसकेका यी दम्पतीले नाइजेरियन कला झल्कने पहिरन लगाएर तस्बिर खिचाएका थिए । उक्त तस्बिर फेसबुकमा मात्र १५ हजार पटकभन्दा बढी सेयर भएको थियो ।

जततउस्ररदष्त।थिरद्दप्नऋफह्